दफा १३
संघीय संसद विकास कोष
(१) संघीय संसदको भौतिक निर्माण, सुधार, सूचना प्रविधिको विकास, पुस्तकालयको स्तरवृद्धि, पदाधिकारी, सदस्य तथा कर्मचारीको क्षमता अभिवृद्धि सम्बन्धी कार्यको लागि संघीय संसद विकास कोष नामको एउटा छुट्टै कोष रहनेछ र सो कोषमा देहायका रकमहरु रहनेछन्ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) विदेशी सरकार, विदेशी कूटनीतिक नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्था वा निकायबाट अनुदान र सहायतास्वरुप प्राप्त रकम,
(ग) अन्य स्रोतबाट प्राप्त रकम ।
(२) समितिले विदेशी सरकार, विदेशी कूटनीतिक नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्था वा निकायबाट अनुदान र सहायता प्राप्त गर्न सक्नेछ । यसरी प्राप्त अनुदान र सहायताको जानकारी अर्थ मन्त्रालयलाई दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको कोषको सञ्चालन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।